हुम्लाको सर्केगाडमा सिटिजन्स बैंकको ६४ अाैँ शाखा ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
हुम्लाको सर्केगाडमा सिटिजन्स बैंकको ६४ अाैँ शाखा ।

सारांश

  • नेपालको नयाँ संरचना अनुशार गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहमा समेत बित्तिय संस्था सञ्चालन गर्ने नयाँ व्यवस्था अनुशार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुर्गम हिमाली जिल्लाको  सर्केगाडमाआफ्नो ६४ औं शाखा बिस्तार गरेको छ ।
  •   जिल्ला सदरमुकाम सिमकोट देखि ४१ कोषको दुरीमा रहेको सर्केगाडमा  बैंककोनयाँ शाखा बिस्तार भएको हो ।
  • जिल्लाको दोस्रो सदरमुकामका रुपमा रहेको सर्केगाड क्षेत्र आसपासका स्थानीय वासिन्दालाई वित्तिय कारोबार सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यका बैंकको नयाँ शाखा बिस्तार भएको बैंक सिमकोट शाखाका प्रबन्धक प्रकाश महतले जानकारी दिए ।
नेपालको नयाँ संरचना अनुशार गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहमा समेत बित्तिय संस्था सञ्चालन गर्ने नयाँ व्यवस्था अनुशार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुर्गम हिमाली जिल्लाको  सर्केगाडमाआफ्नो ६४ औं शाखा बिस्तार गरेको छ ।  जिल्ला सदरमुकाम सिमकोट देखि ४१ कोषको दुरीमा रहेको सर्केगाडमा  बैंककोनयाँ शाखा बिस्तार भएको हो ।
जिल्लाको दोस्रो सदरमुकामका रुपमा रहेको सर्केगाड क्षेत्र आसपासका स्थानीय वासिन्दालाई वित्तिय कारोबार सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यका बैंकको नयाँ शाखा बिस्तार भएको बैंक सिमकोट शाखाका प्रबन्धक प्रकाश महतले जानकारी दिए ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी गएको बिहिबार बाट बैंकिङ्गबाट कारोवारको सुरुवात भएको हो । स्थानीय स्तरमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै नागरिक समाजका अगुवाहरुको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको बैंकका सिमकोट प्रमूख महतले जानकारी दिए ।
बैंकको उद्घाटन गर्दै सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले देश संघीयतामा गएसँगै दुरदराजका नेपाली नागरिकलाई बैंकिङ सुबिधासँग पहुँच पु¥याउन बैंक कटिबद्ध भएर लागीपरेको बताए । उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषि, पशुपालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए ।
 देशैभरी ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिब तीन लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले हुम्लाको दुर्गम क्षेत्रका रुपमा रहेको सर्केगाडमा नयाँ शाखा बिस्तार गरेको जनाएको छ ।
नयाँ बिस्तार भएको शाखाबाट अाफना ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?