काम छाड्ने स्वयंसेविकालाई रु एक लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
काम छाड्ने स्वयंसेविकालाई रु एक लाख

सारांश

  • ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाख नगद दिन शुरु गरेको छ ।
  • गत वर्षबाट स्वयंसेविकाको सेवा सुविधाका विषयमा नीतिगत पहल थालेको चम्पादेवीले यसवर्ष गाउँपालिका क्षेत्रभित्र सेवारत १२ स्वयंसेविकालाई प्रति व्यक्ति रु एक लाखसहित दोसल्ला ओडाएर बिदा गरेको हो ।
  • महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर मसलीमाया श्रेष्ठ, लिलामाया कार्की, पविमाया कार्की, राम्री माया तामाङ, होमकुमारी घिमिरे, टुकमाया थापा, चण्डेश्वरी कार्की, फुटी शेर्पा, हर्कमाया श्रेष्ठ, चन्द्रकुमारी कार्की, जनमाया घिमिरे र धनमाया कार्कीलाई सम्मानसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिनुभयो ।

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाख नगद दिन शुरु गरेको छ । गत वर्षबाट स्वयंसेविकाको सेवा सुविधाका विषयमा नीतिगत पहल थालेको चम्पादेवीले यसवर्ष गाउँपालिका क्षेत्रभित्र सेवारत १२ स्वयंसेविकालाई प्रति व्यक्ति रु एक लाखसहित दोसल्ला ओडाएर बिदा गरेको हो ।

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर मसलीमाया श्रेष्ठ, लिलामाया कार्की, पविमाया कार्की, राम्री माया तामाङ, होमकुमारी घिमिरे, टुकमाया थापा, चण्डेश्वरी कार्की, फुटी शेर्पा, हर्कमाया श्रेष्ठ, चन्द्रकुमारी कार्की, जनमाया घिमिरे र धनमाया कार्कीलाई सम्मानसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिनुभयो ।

पन्ध्र वर्षसम्म स्वयंसेविकाको भूमिका निर्वाह गरेर ६० वर्ष उमेर पुगेकालाई रु एक लाख नगदसहित सम्मान गर्ने गाउँपालिकाको नीति रहेको उहाँको भनाइ थियो । अध्यक्ष केसीले भन्नुभयो, “यस्तो रकम १५ वर्षभन्दा बढी काम गरेर र ६० वर्ष उमेर पुगेकाले मात्रै पाउँछन् ।” गाउँपालिकाले दिएको उक्त रकम बाहेक नेपाल सरकारमार्फत पाउने अन्य सहयोग पनि काम छाडेका स्वयंसेविकाले पाउने जनाइएको छ ।

चम्पादेवी गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत “गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका“ भन्ने नारासाथ स्वयंसेविका सम्मान र प्रोत्साहन गर्ने छुट्टै नीति लिएको छ । गत वर्षदेखि नै चम्पादेवीका स्वयंसेविकाले मासिक रु एक हजार खर्च पाउँदै आएका थिए । यसवर्ष रु ५०० बढाएर प्रति व्यक्ति मासिक रु एक हजार ५०० दिन थालिएको छ । चम्पादेवी गाउँपालिकामा ७७ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?