२ महिना बितिसक्यो, कहिले आउला ! समानुपातिक मतपरिणाम
सारांश
- काठमाडौं, २० माघ- चुनाव सकिएको दुइ महिना बितिसक्दा समेत निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम अझै पनि सार्वजनिक गरेको छैन ।
- नेकपा एमाले, माओवादी केन्द्रले आयोगमै पुगेर छिटोभन्दा छिटो परिणाम सार्वजनिक गर्न आग्रह गरेको २ महिना बितिसक्यो ।
- आयोगले राष्ट्रियसभाको चुनाव नभएसम्म सार्वजनिक गर्न नमिल्ने अडान राख्दै आएका कारण दलहरुलाई समानुपातिक तर्फ विजयी प्रतिनिधिको नामसम्म पठाउन भनेको छैन ।
काठमाडौं, २० माघ- चुनाव सकिएको दुइ महिना बितिसक्दा समेत निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम अझै पनि सार्वजनिक गरेको छैन ।
नेकपा एमाले, माओवादी केन्द्रले आयोगमै पुगेर छिटोभन्दा छिटो परिणाम सार्वजनिक गर्न आग्रह गरेको २ महिना बितिसक्यो । आयोगले राष्ट्रियसभाको चुनाव नभएसम्म सार्वजनिक गर्न नमिल्ने अडान राख्दै आएका कारण दलहरुलाई समानुपातिक तर्फ विजयी प्रतिनिधिको नामसम्म पठाउन भनेको छैन ।
प्रतिनिधिसभा समानुपातिक परिणाम ढिलो भएकोमा आलोचना बढेपछि फागुनको पहिलो हप्ता सार्वजनिक गर्नेगरी निर्देशिका संशोधन गरेको छ । आयोगका अनुसार समानुपातिक परिणामको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी गरेको हो ।
समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । राष्ट्रियसभाको चुनाव माघ २४ का लागि तोकिएको छ । राष्ट्रियसभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गर्ने आयोगको तयारी छ । दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् ।
समानुपातिकको परिणाम ढिलो भएको आलोचना खेपेको आयोगले परिणामलाई छिटो बनाउन निर्देशिका संशोधन गरिएको बताए । फागुन ५ सम्मा प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने आयोगले दाबी गरेको छ ।
प्रतिक्रिया