सांसदका श्रीमानले मनपरि गरेपछि ….

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सांसदका श्रीमानले मनपरि गरेपछि ….

सारांश

  • महोत्तरी ।
  • प्रदेश नं २ की राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद बबितादेवी चौधरीका पतिले बाटो बनाउने क्रममा व्यापक अनियमितता गरेको आरोप छ ।
  • महोत्तरी जिल्लाका सांसद रहेकी चौधरीका श्रीमान विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को १० लाख रुपियाँभन्दा बढी आफ्नै गाउँमा बाटो बनाउने क्रममा अनियमितता गरेको आरोप लगाइएको छ ।

महोत्तरी । प्रदेश नं २ की राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद बबितादेवी चौधरीका पतिले बाटो बनाउने क्रममा व्यापक अनियमितता गरेको आरोप छ ।

महोत्तरी जिल्लाका सांसद रहेकी चौधरीका श्रीमान विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को १० लाख रुपियाँभन्दा बढी आफ्नै गाउँमा बाटो बनाउने क्रममा अनियमितता गरेको आरोप लगाइएको छ ।

स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा व्यापक रकम हिनामिना गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

विनयले स्थानीयवासीले भनेको नमानी सडकमा पिचको काम गर्दा होर्डिङ बोर्ड नराखेको, लगत, स्टिमेट जस्ता कामका बारेमा जानकारी नदिइ आफुखुसी गरेको बताएका छन् ।

सडक बनाउने काम उपभोक्ता समिति समेत नबनाएर कसैलाई केही थाहा नदिइ काम गरेको स्थानीयवासी लक्ष्मण ठाकुरले बताएका छन् ।

सांसदका पतिले आफूखुशी मनोमानी ढंगले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई जानकारी गराउँदै काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले अधिकार क्षेत्रभित्र नभएको भन्दै फर्काइदिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?