अख्तियारकै आयुक्त पाठकले घुस लिएको भिडियो आएपछि…
सारांश
- काठमाडौँ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन घुस लिएको आरोपसहितको खुलासा सार्वजनिक भएको छ ।
- पाठकले पटकपटक गरी ७८ लाख रुपैयाँ घुस लिएको खुलेको हो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन घुस लिएको आरोपसहितको खुलासा सार्वजनिक भएको छ ।
पाठकले पटकपटक गरी ७८ लाख रुपैयाँ घुस लिएको खुलेको हो । घुस दिएर पनि आयुक्त पाठकले राम्रोसँग काम नगरिदिएपछि घुस दिनेले सार्वजनिक गरेका हुन् । घुस दिनेले भिडियो समेत खिचेका छन् ।
भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको विवादका विषयबारे एक वर्षअघि अख्तियारमा उजुरी परेको थियो। त्यही उजुरीमाथि छानबिन चलिरहेका घुस दिएर आफूमाथिको छानबिन रोक्न घुस दिने पक्षले आयुक्त पाठकसँग सम्पर्क गरेका थिए ।
घुस दिनेले अख्तियारबाटै छानबिन रोक्न घुस रकम बुझाएको दाबीसहित सञ्चारमाध्यममार्फत् खुलासा गरेका हुन् । घुस रकम बुझेर पनि पाठकले समयमा काम नगरेको भन्दै सार्वजनिक गरेको छन् । घुस दिने पक्षले आफूहरुसँग घुस दिएको भिडियोसमेत भएको दाबी गरेका छन् ।
आयुक्त पाठकले ७८ लाख घुस लिएको समाचार नेपाल खबर डटकमले पहिलोपटक सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया