सांसदका श्रीमानले मनपरि गरेपछि ….
सारांश
- महोत्तरी ।
- प्रदेश नं २ की राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद बबितादेवी चौधरीका पतिले बाटो बनाउने क्रममा व्यापक अनियमितता गरेको आरोप छ ।
- महोत्तरी जिल्लाका सांसद रहेकी चौधरीका श्रीमान विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को १० लाख रुपियाँभन्दा बढी आफ्नै गाउँमा बाटो बनाउने क्रममा अनियमितता गरेको आरोप लगाइएको छ ।
महोत्तरी । प्रदेश नं २ की राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद बबितादेवी चौधरीका पतिले बाटो बनाउने क्रममा व्यापक अनियमितता गरेको आरोप छ ।
महोत्तरी जिल्लाका सांसद रहेकी चौधरीका श्रीमान विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को १० लाख रुपियाँभन्दा बढी आफ्नै गाउँमा बाटो बनाउने क्रममा अनियमितता गरेको आरोप लगाइएको छ ।
स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा व्यापक रकम हिनामिना गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
विनयले स्थानीयवासीले भनेको नमानी सडकमा पिचको काम गर्दा होर्डिङ बोर्ड नराखेको, लगत, स्टिमेट जस्ता कामका बारेमा जानकारी नदिइ आफुखुसी गरेको बताएका छन् ।
सडक बनाउने काम उपभोक्ता समिति समेत नबनाएर कसैलाई केही थाहा नदिइ काम गरेको स्थानीयवासी लक्ष्मण ठाकुरले बताएका छन् ।
सांसदका पतिले आफूखुशी मनोमानी ढंगले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई जानकारी गराउँदै काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले अधिकार क्षेत्रभित्र नभएको भन्दै फर्काइदिएका थिए ।
प्रतिक्रिया