जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही

सारांश

  • काठमाडौं १५ जेठ ।
  • तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ?
  • कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ?

काठमाडौं १५ जेठ । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार पारेको छ ।

बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त ऐन सोही साल कार्तिक १० गते तत्कालीन राजा बीरेन्द्रले जारी गरेका थिए । उक्त ऐन २०६४ साल माघ १० गते पहिलोपटक संशोधन भएको उक्त ऐनमा गलत काम गर्नेलाई जरीवानाको व्यवस्था भए पनि कैद राख्ने भन्ने थिएन तर अहिलेको संशोधनमा कैद सजाय थपिएको छ ।

उक्त विधेयकमा अनुमति नलिई बीउ विजन प्रयोगशाला सञ्चालन गरेमा ५० हजार रुपिँयासम्म जरिवाना हुने व्यवस्थाको सट्टा ५० हजारदेखि १ लाख रुपिँयासम्म जरिवाना वा १ महिनादेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान राखिएको छ ।

अनुमति नलिई बीउ विजन बिक्री वितरण गरे वा गराएमा १० हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना भनिएको ठाउँमा ५० हजारदेखि १ लाख रुपिँयासम्म जरिवाना वा १ महिनादेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ दिन बिदा बस्ने तयारीमा जोशी,कस्ले ताेक्छ पेशी ?
१५ दिन बिदा बस्ने तयारीमा जोशी,कस्ले ताेक्छ पेशी ?
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
काठमाडौं क्षेत्र  ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
काठमाडौं क्षेत्र ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई दबाव
विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई दबाव
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
चालीस हजार अण्डा नष्ट
चालीस हजार अण्डा नष्ट
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै

तपाईंले छुटाउनुभयो कि?