८ वर्षपछि सँगै देखिँदै अभिशेख र एेश्वर्य
सारांश
- बलिउडका सबैभन्दा सुन्दर जाेडी मध्येकाे एक बच्च दम्पत्ति अभिशेख बच्चन र एेश्वर्य राय बच्चन ८ वर्षपछि सँगै देखिने भएका छन् ।
- अनुराग कश्यपले निर्देशन गर्न लागेकाे फिल्म गुलाब जामुनबाट उनीहरु पुनः सँगै देखिन लागेका हुन् ।
- यसअघि उनीहरु २०१० मा रावणमा सँगै देखिएका थिए ।
बलिउडका सबैभन्दा सुन्दर जाेडी मध्येकाे एक बच्च दम्पत्ति अभिशेख बच्चन र एेश्वर्य राय बच्चन ८ वर्षपछि सँगै देखिने भएका छन् । अनुराग कश्यपले निर्देशन गर्न लागेकाे फिल्म गुलाब जामुनबाट उनीहरु पुनः सँगै देखिन लागेका हुन् । यसअघि उनीहरु २०१० मा रावणमा सँगै देखिएका थिए ।
फिल्मकाे अफर एक वर्ष अघि नै अाएपनि अाफू अन्तै व्यस्त भएकाले थाेरै समय लागेकाे एेश्वर्यले बताइन् । उनी मनमर्जियाकाे रिलिज पछि दुवैले सँगै अाेके गर्ने भनेर पनि थाेरै समय लागेकाे उनी बताउँछिन् ।

फिल्मकाे स्क्रिप्टलाई लिएर अाफू निकै उत्साहित रहेकाे उनले बताईन । बच्चन जाेडीलाई सँगै देख्न उनीहरुका फ्यान पनि निकै अातुर रहेका छन् भन्नेमा कुनै शंका छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया