कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई

सारांश

  • शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ ।
  • शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो ।
  • बैठकले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ ।

शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो ।

बैठकले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा विश्वविद्यालयका इञ्जिनीयर, कलेजका प्रिन्सिपललगायत रहेका छन् ।

सञ्चालक समितिको विवादका कारण कलेज सञ्चालनमा नकारात्मक असर पर्दै कलेजको आर्थिक, प्रशासनिक तथा पठनपाठनमा समेत बाधा पर्न गएकाले पछि अदालतबाट प्राप्त फैसलाबमोजिम हुनेगरी तत्काललाई नगरपालिकाले सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काले जानकारी दिनुभयो ।

संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० भदौ ४ गते दर्ता भएको उक्त कलेज एकतर्फी रुपमा लम्बोदर समूहले सञ्चालन गरी करोडाँैको भ्रष्टाचार गरेर कलेजसमेत बिक्री गर्न लागेको थाहा पाएपछि स्थानीय बासिन्दा, विद्यार्थी र सञ्चालकमध्येका असन्तुष्ट पक्षले विरोध गर्दै आएका थिए ।

विवादबारे अदालतमा लामो समयदेखि मुद्दा सुनुवाइको प्रक्रियामा रहेको छ । अदालतबाट आउने निर्णयलाई मान्ने गरी हाललाई संसदीय समितिको सिफारिसअनुसार कलेजलाई स्थानीय सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
दार्चुलामा कांग्रेसको अग्रता
दार्चुलामा कांग्रेसको अग्रता
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
निर्मला हत्याकाण्ड सयजना भन्दा बढीसँग सोधपुछ, अझै पत्ता लागेन
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड  छर्किए
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड छर्किए
“नेपालमा हुने हवाई दुर्घटनाको जिम्मेवार को त ? “
“नेपालमा हुने हवाई दुर्घटनाको जिम्मेवार को त ? “
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो
सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो