स्वरोजगार बन्दै गृहिणी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
स्वरोजगार बन्दै गृहिणी

सारांश

  • बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीका गृहिणी महिला मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सीप सिकेर स्वरोजगार बन्न थालेका छन् ।
  • ‘पहिला हातमा केही पनि सीप थिएन अहिले बेतका सामग्री बनाउन जान्ने भएका छौँ”, वडा नं– ५ छग्रहवा कम्दीकी पवि शाहीले भन्नुभयो,“बेतको फूलदानी, सानो र ठूलो मुढा, ¥याक बनाउन सिकेका छौं”, घरको कामबाहेक खाली समयमा यस्ता सामग्री बनाएर बेच्ने गरेका उहाँले सुनाउनुभयो ।
  • एक महीनासम्मको तालीम पश्चात आफू बेतका सामग्री निर्माण गर्नसक्ने भएको उहाँले जानकारी दिनुभयो ।

बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीका गृहिणी महिला मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सीप सिकेर स्वरोजगार बन्न थालेका छन् ।‘पहिला हातमा केही पनि सीप थिएन अहिले बेतका सामग्री बनाउन जान्ने भएका छौँ”, वडा नं– ५ छग्रहवा कम्दीकी पवि शाहीले भन्नुभयो,“बेतको फूलदानी, सानो र ठूलो मुढा, ¥याक बनाउन सिकेका छौं”, घरको कामबाहेक खाली समयमा यस्ता सामग्री बनाएर बेच्ने गरेका उहाँले सुनाउनुभयो ।एक महीनासम्मको तालीम पश्चात आफू बेतका सामग्री निर्माण गर्नसक्ने भएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बेतका सामग्री बनाउने तालीममा कम्दीका ३७ गृहणी महिला सहभागी भएर सीप हासिल गरेको डुडुवा गाउँपालिका–५ का अध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो ।

उहाँले गृहिणी महिलाको लागि तालीम फलदायी भएको बताउँदै सीपलाई व्यवहारमा कार्यान्वयनको लागि आफूले वडाबाट आवश्यक सहयोग र समन्वय गरिदिने बताउनुभयो तालीममा सिकेको सीपबाट आफ्नै गाउँ–घरमा चाहिने बेत–बाँसका सामग्री तयार पारी व्यावसायिक र स्वाबलम्बी बन्न सहयोग पुगेको स्थानीय कार्यक्रम सिफारिश एवं कार्यान्वयन समितिका सदस्य प्रेमकुमारी शाहीले बताउनुभयो ।“बेरोजगार भएर भारत तथा खाडी मुलुकमा गएर दुःख गर्नु भन्दा त यहींँ यस्ता सीप सिकेर स्वरोजगार हुन तालीमले सहयोग पु¥याएको छ”, शाहीले भन्नुभयो, “शुरुमै कमाइ नभए पनि निरन्तर लाग्न सके कमाइ पनि गर्न सकिन्छ ।’बाँस, बेतका सामग्री बनाउन चाहिने कच्चापदार्थ बर्दियाको राजापुरबाट ल्याउने व्यवस्था मिलाइएको छ । कच्चापदार्थ ल्याउन स्थानीय तहसँग समन्वय गरिएको छ ।

खाली समयमा सामग्री बनाएर आर्थिक रुपमा महिलाको जीवनस्तर उकास्न तालीम सहयोगी भएको प्रशिक्षक विकास डेमनडौराले बताउनुभयो । उहाँले सामग्री बनाउन चाहिने कच्चा पदार्थको व्यवस्थापनमा पनि सहयोग र समन्वय गरेको जानकारी दिनुभयो । रु दुई लाखको लागतमा तालीम सञ्चालन गरिएको कार्यक्रमका जिल्ला सहजकर्ता केशव चालिसेले बताउनुभयो ।महिलाले तालीममा सिकेर बनाएका बेतका विभिन्न सामग्रीको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिएको छ । वडा नं ६ हिरमिनियामा पनि यस्तै किसिमको तालीम सञ्चालन गर्ने तयारी गरिएको छ ।कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुनेगरी कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता चालिसेले जानकारी दिनुभयो । बाँकेको नरैनापुर, डुडुवा र जानकी गरी तीनवटा गाउँपालिकामा गत आर्थिक वर्षदेखि मुख्यमन्त्री ग्रामीण विकास परियोजना सञ्चालन भएको हो । यो वर्षदेखि अन्य गाउँपालिकामा पनि कार्यक्रम विस्तार हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
बसकाे ठक्करबाट दुइ जनाकाे मृत्यु
बसकाे ठक्करबाट दुइ जनाकाे मृत्यु
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?