पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
२० पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?

सारांश

  • काठमाडौं ।
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा बढाएका छन् ।
  • सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक सङ्घले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् ।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक सङ्घले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् ।

सङ्घका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ ।

यस्तै काठमाडौंनेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ । बढेको भाडा आगामी बुधवार अर्थात् जेठ ११ गतेदेखि लागू हुने सङ्घले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै नेपाल आयल निगमले पेट्रोल–मट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकै पटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ पुर्‍याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?