लुटेराको गोलीबाट एक घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
लुटेराको गोलीबाट एक घाइते

सारांश

  • महेन्द्रनगर, धनुषा, २५ साउन  मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ ।
  • लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
  • लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।

महेन्द्रनगर, धनुषा, २५ साउन  मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उहाँलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन सरकार पूरा समय रहन्छ :  अर्थमन्त्री महत
गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत
अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दिप
अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दिप
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा
सडक विस्तार नगर्न आग्रह
सडक विस्तार नगर्न आग्रह
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !