पाँच वर्षमा १७ ठूला जहाज पुराउने निगमको योजना
सारांश
- काठमाडौं, १६ साउन ।
- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुराउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।
- निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुराउने निर्णय गरेको हो ।
काठमाडौं, १६ साउन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुराउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।
निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुराउने निर्णय गरेको हो ।
यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगमसँग एक बोइङ ७५७, दुई न्यारोबडी ए ३२०–२०० र दुई वाइडबडी ए ३३०–२०० विमान छन् । करिब तीन दशक पुरानो बोइङ भने निगमले बेच्ने प्रक्रिया थालेको छ ।
अबको पाँच वर्षभित्र थप ८ न्यारोबडी र पाँच वाइडबडी जहाज किन्ने निगमको योजना छ । “दुई वाइडबडी जहाज भित्रनु निगमको रणनीति परिवर्तनको पहिलो पाइला हो”, महाप्रबन्धक कंसाकारले भने, “अब आक्रामक रुपमा अगाडि बढ्नुको विकल्प छैन ।” यो खबर आजको नयाँ पत्रिकामा छ ।
प्रतिक्रिया