पाँच वर्षमा १७ ठूला जहाज पुराउने निगमको योजना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पाँच वर्षमा १७ ठूला जहाज पुराउने निगमको योजना

सारांश

  • काठमाडौं, १६ साउन ।
  • नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुराउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।
  • निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुराउने निर्णय गरेको हो ।

काठमाडौं, १६ साउन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुराउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।

निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुराउने निर्णय गरेको हो ।

यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगमसँग एक बोइङ ७५७, दुई न्यारोबडी ए ३२०–२०० र दुई वाइडबडी ए ३३०–२०० विमान छन् । करिब तीन दशक पुरानो बोइङ भने निगमले बेच्ने प्रक्रिया थालेको छ ।

अबको पाँच वर्षभित्र थप ८ न्यारोबडी र पाँच वाइडबडी जहाज किन्ने निगमको योजना छ । “दुई वाइडबडी जहाज भित्रनु निगमको रणनीति परिवर्तनको पहिलो पाइला हो”, महाप्रबन्धक कंसाकारले भने, “अब आक्रामक रुपमा अगाडि बढ्नुको विकल्प छैन ।” यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?