निगमले माग्यो बूढीगण्डकीको सेयर

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
निगमले माग्यो बूढीगण्डकीको सेयर

सारांश

  • काठमाडौं, माघ २० ।
  •   नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ ।
  • उसले मासिक ७०/८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ ।

काठमाडौं, माघ २० ।  नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ ।

उसले मासिक ७०/८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छापिएको छ ।

निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए ।

उनले भने, ‘दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ । यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?