स्यालको आक्रमणबाट ६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
स्यालको आक्रमणबाट ६ जना घाइते

सारांश

  • सल्यान, मंसिर २२ – सल्यानमा स्यालको टोकाईबाट ६ जना घाइते भएका छन् ।
  • वनगाड कुपिण्डे नगरपालिका-५ काफलेनीमा गएराती स्यालको टोकाइबाट ६ जना घाइते भएका हुन् ।
  • स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् ।

सल्यान, मंसिर २२ – सल्यानमा स्यालको टोकाईबाट ६ जना घाइते भएका छन् ।

वनगाड कुपिण्डे नगरपालिका-५ काफलेनीमा गएराती स्यालको टोकाइबाट ६ जना घाइते भएका हुन् । स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै, कुमाख गाउँपालिका–२ तिमिलेमा दुई जना घाइते भएका छन् ।

बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताए । स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनवन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ । उक्त स्यालको खोजी भइरहेको सल्लीबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?