जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान

सारांश

  • काठमाडाै, १६ साउन।
  • संसदीय सुनुवाई समितिका सदस्य भिमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश प्रधानन्यायाधीश दिपकराज जोशीबारे ठूलो र गम्भीर आरोप कुनै पनि नलागेको बताएका छन् ।
  • जोशीका बारेमा पार्टीभित्र छलफल हुन नपाएकाले यसअघिको बैठकमा निर्णय गर्न नसकिएको प्रधानले बताए ।

काठमाडाै, १६ साउन। संसदीय सुनुवाई समितिका सदस्य भिमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश प्रधानन्यायाधीश दिपकराज जोशीबारे ठूलो र गम्भीर आरोप कुनै पनि नलागेको बताएका छन् । जोशीका बारेमा पार्टीभित्र छलफल हुन नपाएकाले यसअघिको बैठकमा निर्णय गर्न नसकिएको प्रधानले बताए । नेकपाभित्र पनि छलफल पर्याप्त नभएकाले निर्णय नएको भन्दै उनले कांग्रेसकै कारण मात्र निर्णय रोकिएको भन्ने कुराको खण्डन गरे ।

जोशीलाई यसअघि २०७१ सालमा नै संसदीय सुनुवाई समितिले स्विकार गरिसकेकाले अहिले अस्विकार गर्नु कति जायज हुन्छ भन्ने विषयलाई हल्का रुपमा लिन नहुने बताए । समितिले सोधेका प्रश्नका जवाफ जोशीले दिइसकेको भन्दै प्रधानले जोशीमाथि ठूलो आरोप केही पनि नभएकाले अस्विकार गर्नुपर्ने कुनै कारण नभएको जिरिक गरे । जोशीको शैक्षिक प्रमाणपत्रका बारेमा समितिमा प्रश्न उठेपछि जोशीले बैठकमा नै सबै कागजपत्र पेश गरेको प्रधानले बताए । शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै नपरेको प्रधानले बताए ।

प्रधानमन्त्री केपी ओली आफैँले जोशीलाई अनुमोदन गर्ने तर अहिले आफैले उनलाई अस्विकृत गर्न निर्देशन दिएको भन्दै प्रधानले आपत्ति जनाए । जोशीलाई कांग्रेससँग जोडिएको न्यायाधीशको विल्ला भिराएर नेकपाले अस्विकृत गर्ने षडयन्त्र गरेको प्रधानको आरोप छ । अहिलेको सरकारले स्वतन्त्र न्यायपालिकाविरुद्ध प्रधानन्यायाधीशलाई प्रयोग गर्न खोजेको प्रधाले बताए ।

जोशीका बारेमा उचित उजुरी परेको खण्डमा छानबिन गर्नसकिने तर बिना प्रमाणको आरोपका आधारमा अस्विकृत गर्ने कुरामा सहयोग नगर्ने पक्षमा कांग्रेस रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
दुई गोल गरेका बेलले खाए रातो कार्ड
दुई गोल गरेका बेलले खाए रातो कार्ड
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
स्यालको टोकाइबाट स्थानीयवासी आतङ्कित
स्यालको टोकाइबाट स्थानीयवासी आतङ्कित
अर्जुन कपूर र मलाइका नजिकिंँदा खान परिवारमा भाँडभैलो
अर्जुन कपूर र मलाइका नजिकिंँदा खान परिवारमा भाँडभैलो
नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा
नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा
मेलम्ची पहिरामा हराएका आठ शव फेला : सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु

तपाईंले छुटाउनुभयो कि?