अर्जुन कपूर र मलाइका नजिकिंँदा खान परिवारमा भाँडभैलो
सारांश
- मुम्बइ।
- बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलाइका अरोराको जोडी ।
- तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो ।
मुम्बइ। बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलाइका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ? कसले लगायो अरबाजको जीवनमा आगो ?
त्यतिबेला अर्जुन कपुर बलिउडमा डेब्यु गर्ने तयारीमा रहेका थिए । उनी यसै कारण पनि खान परिवारको घरमा आउने जाने गर्थे । त्यस समय सलमान खानकी बहिनी अर्पिता खानसँग अर्जुन कपुरले डेट गरिरहेका थिए । उनीहरुबीच सम्बन्ध ठिकठाकै चलिरहेको थियो । तर, अर्जुनले अरबाज खानकी श्रीमती मलाइकासँग सम्बन्ध विस्तार गरिसकेका थिए । उनले मलाइकासँग बोलीचाली केही ज्यादा नै गर्न थालिसकेका थिए । बाहिर गाइगुइ हल्ला चलेता पनि घरमा भने सबै बेखबर थिए ।
जब अर्जुनले अर्पितासँग ब्रेकअप गरे तब मिडियामा अर्जुन र मलाइकाको सम्बन्धबारे राजीव मसन्दले कसैको पनि नाम नलिई सबै कुरा छरपष्ट पारिदिए । त्यसपछि खान परिवारमा झै झगडाको वातावरण सुरु हुन पुग्यो । अरबाज र मलाइकाको सम्बन्ध मिलाउन सलमान खानले अहम भूमिका खेलेका थिए । उनले अर्जुनलाई बलिउडबाट बाइकट नै गर्ने धम्की दिए । तर, उनको प्रयास सफल हुन सकेन । अन्ततः मलाइका र अरबाजले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुग्याउने निर्णय लिए ।
डिभोर्स लगत्तै अर्जुन र मलाइकाको सम्बन्ध छताछुल्ल भयो । उनीहरु खुलेआम नै एक अर्कालाई डेट गर्न थाले । केही बलिउड कलाकारहरुले त उनीहरु विवाहको तयारीमा समेत रहेको बताए । प्रियंका चोपडाले उनीहरु विवाहको तयारी गरेको समेत बताएकी थिइन् । पछिल्लो समय उनीहरुले माल्दिभसमा बिदा मनाएको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल नै भयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया