दुई गोल गरेका बेलले खाए रातो कार्ड
सारांश
- काठमाडौं ।
- स्पेनिश लिग फुटबलमा रियाल मड्रिडले भिल्लारियलसंग बराबरी खेलेको छ।
- आइतबार राति भिल्लारियलको मैदानमा भएको खेलमा रियालले २–२ गोलको बराबरी खेलेको हो।
काठमाडौं । स्पेनिश लिग फुटबलमा रियाल मड्रिडले भिल्लारियलसंग बराबरी खेलेको छ। आइतबार राति भिल्लारियलको मैदानमा भएको खेलमा रियालले २–२ गोलको बराबरी खेलेको हो।
ग्यारेथ बेलले दुई गोल गर्दै रियाललाई बराबरीमा ल्याएका हुन्। खेलको १२ औं मिनेटमा जेरार्ड मोरिनोको गोलबाट भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो।
पहिलो हाफको ईन्जुरी समयमा बेलले बराबरी गोल फर्काएका थिए। गोमेज बर्डोनाडोले ७४ औ मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए। खेल सकिन चार मिनेट बाँकी छदाँ बेलले व्यक्तिगत गोल गर्दै रियाललाई हारबाट जोगाएका थिए।
तर ईन्जुरी समयमा बेल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे।
तेस्रो चरणको समाप्तिसम्म एथलेटिको ९ अंकबाट शीर्ष स्थानमा छ भने एथलेटिक बिलबाओ र सेभियाको ७–७ अंक छ।
तेस्रो स्थानमा लेभान्ते ६ अंकसहित रहेको छ । रियाल मड्रिड, ओसासुना र डेपोर्टिभोको समान ५–५ अंक रहेको छ।
बार्सिलोना, ग्रानाडा, भ्यालेन्सिया, सेल्टाभिगो, रियाल भल्लाडोलिड र रियाल सोसिडाडको समान ४–४ अंक रहेको छ।
प्रतिक्रिया