उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
सारांश
- उदयपुर, २१ साउन ।
- उदयपुरमा रहेकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल थालिएकाे छ ।
- उदयपुरका सांसद सुरेश कुमार रार्इले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलार्इ पहल गरिदिन अाग्रह गरेका हुन् ।
उदयपुर, २१ साउन । उदयपुरमा रहेकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल थालिएकाे छ । उदयपुरका सांसद सुरेश कुमार रार्इले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलार्इ पहल गरिदिन अाग्रह गरेका हुन् ।
अस्पताल बाटै सर्पदंशको उपचारका लागि दक्ष जनशक्ति बिष मापन गर्ने यन्त्र र यसको औषधी ,उपचारका लागि भेन्टिलेटर सहितको एम्बुलेन्स, औषधि, अक्सिजन कन्सन्टेटर लगायतका सेवाको व्यवस्था मिलाइदिन रार्इले मौखिक र लीखीत रुपमा आग्रह गरेका हुन्। गर्मि महिना बढे सँगै उदयपुर जिल्लामा सर्प को डसाई बाट प्रत्येक बर्ष १ दर्जन भन्दा बढी ले अकाल मै ज्यान गुमाउनु परेको छ।
सर्प ले टोकेको पत्ता लगाउदा र उपचार गराउन लग्दा पनि दक्ष जनशक्ति,औषधि, अक्सिजन को आभावमा बिरामीको ज्यान जानेगरेको धेरै गुनासोलाई मध्यनजर गर्दै उदयपुरका सांसद राईले आफ्नो तर्फ बाट पहल गर्न सुरु गरेका हुन् । उनले उदयपुरको कटारी अस्पतालबाटै उक्त उपचार सेवा पाइने व्यवस्था मिलाइदिन आफुले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटेर जानकारी गराएको ले अब कटारी कै अस्पतालमा सबै सेवा सुबीधा पाईने कुरा बताए।
प्रतिक्रिया