भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
सारांश
- काठमाडौँ, ११ जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।
- दुई दल एमाले र माओवादी बीचको एकतापछि पहिलो वैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न निर्देशन दिएका हुन् ।
- नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ, ११ जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् । दुई दल एमाले र माओवादी बीचको एकतापछि पहिलो वैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न निर्देशन दिएका हुन् ।
नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार मुलुकका सबै तहमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र भ्रष्टाचार भएको पाइएमा कारवाहीका लागि सिफारिस गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नाको विकल्प नभएको बताए । एकताप्रति विश्वमा सकारात्मक सन्देश प्रवाह भएकाले अब जनताको विकासका लागि काम गरेर देखाउने समय आएको बताएका छन् ।
बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो ।
प्रतिक्रिया