बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ।
  • पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेकाे उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेकाे उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, संघर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ।

यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो। अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए।

अध्यक्षले राखेको धारणाकाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राखेकाे प्रवक्ता सापकोटाले जानकारी दिए।

समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए।

बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गरेका थिए।

पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ। बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The Greatest Technique For Arabic Hot Women
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
प्रहरीको हत्याका आरोपी महिला पक्राउ
प्रहरीको हत्याका आरोपी महिला पक्राउ
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE