विप्लव आज कपिलवस्तुमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द आज कपिलवस्तु पुगेका छन् ।
  • उनी पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रममा पुगेका हुन् ।
  • १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कपिलवस्तुको शिवगढीमा आयोजना हुने अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द आज कपिलवस्तु पुगेका छन् । उनी पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रममा पुगेका हुन् ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कपिलवस्तुको शिवगढीमा आयोजना हुने अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी काठमाडौंबाट आइतबार बाहिरिएका हुन् ।
२० फागुनमा विप्लव सार्वजनिक भएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भएको शान्ति सम्झौतामा सहभागिता जनाएका थिए । उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटेका थिए ।

नख्खु कारागारमा पुगेर शनिबार पुगेर आफ्नो पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनसँग भेटेका थिए । विप्लवले पार्टीका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग पनि भेटघाट गरेका थिए ।

विप्लवले नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि भेटेका थिए ।
विप्लवले आइतबार विहान चार कम्युनिस्ट घटकको संयुक्त रणनैतिक मोर्चाका नेताहरुसँग पनि भेटेका थिए । भेटमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता आहुतीसँग भेटेका थिए ।–फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?