उपचार गर्न गएका देउवा राजनीतिक भेटमा व्यस्त !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला उपचारको लागि सिंगापुरमा छन् ।
  • देउवा स्वास्थ्य उपचारका लागि अस्ती बुधबार सिंगापुर प्रस्थान गरेका हुन् ।

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला उपचारको लागि सिंगापुरमा छन् । देउवा स्वास्थ्य उपचारका लागि अस्ती बुधबार सिंगापुर प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी डा आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी थिईन् ।

देउवा पेटको उपचार गर्न सिंगापुर गएका हुन् । उनको सिंगापुर बसाइ कति हुने भन्ने टुंगो लागेको छैन । त्यो उपचारको समयले निर्धारण गर्ने बताइएको छ । स्रोतको अनुसार उनको उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतामा हुने भनिएको छ ।

सिंगापुरमा उपचारको क्रममा देउवाले राजनीतिक भेटवार्तापनि गरिरहेको स्रोतको दाबी छ । खासगरी भारतीय नेताहरुसँग देउवाले राजनीतिक भेटवार्ता गरिरहेको स्रोतको दाबी छ ।यसअघि उपचारमा सिंगापुर गएका नेपाली नेताहरुले पनि भारतीय नेताहरुसँग गोप्य भेटवार्ता गरेका समाचारहरु बाहिर आएका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Padam Bista

    Giyastrik bho hola

    Comment Author

    Gyanu Khawash

    tesko mareko baulai bheteni kehi khulkyauna saktainan dalalharule

    Comment Author

    Tanka Giri

    भनेर भन्देखिलाइ उपचार त के भन्देखिलाइ एउटा बाहाना मात्र हो भन्देखिलाइ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?