अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
सारांश
- प्रहरी जवान पद खुल्ला प्रतियोगिताको नतिजा प्रकाशन, ७ सय ६७ जना उत्तीर्ण काठमाडौं, नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा मंगलबार प्रकाशन गरिएको छ ।
- प्रतियोगितामा सहभागी उम्मेद्वारहरुमध्ये ७ सय ६७ जना अन्तिम नतिजामा उत्तीर्ण भएका छन् ।
- साथै उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य दम्मेदवारहरूले आवश्यक कागजातसहित तोकिएको कार्यालयमा सम्पर्क राख्न सूचित गरिएको छ ।
प्रहरी जवान पद खुल्ला प्रतियोगिताको नतिजा प्रकाशन, ७ सय ६७ जना उत्तीर्ण
काठमाडौं,
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा मंगलबार प्रकाशन गरिएको छ ।
प्रतियोगितामा सहभागी उम्मेद्वारहरुमध्ये ७ सय ६७ जना अन्तिम नतिजामा उत्तीर्ण भएका छन् । साथै उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य दम्मेदवारहरूले आवश्यक कागजातसहित तोकिएको कार्यालयमा सम्पर्क राख्न सूचित गरिएको छ ।
उक्त नतिजाको बिस्तृत विवरण नेपाल प्रहरीको वेवसाइटमा राखिएको छ ।
अबैध अन्तराष्ट्रिय कल बाईपास गर्नेहरू पक्राउ
काठमाडौं
काठमाडौं महानरपालिका ९ स्थित स्टार गेज होटेलको कोठा नम्बर ३०४ र काठमाडौं कागेश्वरी मनहरा ७ शान्तीदीप टोलस्थित भोलाराज गौतमको घरमा अवैध ख्इक्ष्ए संचालन गर्न प्रयोग हुने विभिन्न उपकरणहरु सहित २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटी गएको टोलीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ प्रतिवादीहरुमा भारत मध्ये प्रदेशका २४ वर्षीय विवेक शुक्ला र सिन्धुली सुनकोशी गाउँपालिका ६ का २५ वर्षीय लालबहादुर मगराती रहेका छन् ।
प्रतिवादीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भइरहेको सो व्युरोले जनाएको छ ।
भन्सार चोरी निकासीको स्याउ सहित पक्राउ
सुनसरी
कोशी गाउँपालिका ८ भान्टावारीस्थित पूर्वी टोलाबाट भारतीय नम्बरप्लेटको बिआर ५० जी ४०१६ नम्वरको मिनिट्रकमा अवैध रुपमा भन्सार चोरी निकासी गरी भारततर्फ लगिरहेको अवस्थामा करीव ४ लाख ६६ हजार रुपैयाँ मुल्य बराबरको २ सय ३६ कार्टुन स्याउ र उक्त नम्वरको ट्रक सहित चालक भारत सुपौल जिल्ला गणपतगंज बस्ने ३३ वर्षीय पवन यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
निजलाई आवश्यक कानुनी कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । क्रमश स्
बाघको छाला र मासु सहित पक्राउ
सिन्धुपाल्चोक
इन्द्रावती गाउँपालिका १२ पिपलटार बस्ने ५५ वर्षीय भाईचा दनुवारको नाती २० वर्षीय नारायण दनुवार र २६ वर्षीय लक्ष्मण दनुवारलाई बाघको छाला र करीव ४ किलो मासु सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । निज भाइचा दनुवारले बाघ मारेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भिमटार र ईलाका वन कार्यालय नवलपुरबाट खटी गएको टोलीले उनको घर खानतलासी गर्दा उक्त छाला र मासु बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
हाल फरार रहेका भाइचा दनुवारको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घरको तीन तलामाथि झ्यालबाट लडेर मृत्यु
पर्सा
बीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने ६३ वर्षीया जगिया कनुईनको मंगलबार आफ्नै घरको ३ तला माथि झ्यालबाट लड्न जाँदा घट्नास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका १८ कान्तिपाखा डेरा गरी बस्ने बर्दिया गोला(९ की २७ वर्षीया रेश्मा कटुवाल उनकै डेराकोठामा टाउकोमा धारिलो हतियारले काटिएको अवस्थामा मंगलबार मृत फेला परेकी छन् । डेरामा सँगै बस्ने उनकै श्रीमान ३३ वर्षीय दोणबहादुर कटुवाल हाल फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
रामेछाप रामेछाप नगरपालिका(४ डाँडाबसेरी बस्ने ६० वर्षीया डल्ली नेवार मृत अवस्थामा फेला परेकी छन् । सोमबार घाँस काट्न जान्छु भनी निस्केकोमा बेलुकीसम्म घर नफर्के पश्चात खोजी गर्ने क्रममा हिमगंगा कुशबसेरीस्थित लिखु खोलाको पानीमा डुबेको अवस्थामा मंगलबार उनको शव फेला परेको हो ।
जाजरकोट भेरी नगरपालिका(९ स्थित श्री शिवशक्ति प्रावि लामाकोटको हाता भित्रको चौरमा सोही ठाउँ बस्ने ५० वर्षीय रतनबहादुर पुन मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
रोल्पा
रोल्पा नगरपालिका(७ माडीचौर बस्ने २४ वर्षीया बर्मता पुनको कच्ची घरमा मंगलबार आगलागी हुँदा अन्नपात, लत्ताकपडा, काठपात समेत जलेर करीव १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
प्रहरी चौकी माडिचौरको टोली र स्थानीयबासी समेतको सहयोगमा आगो नियन्त्रण गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
सप्तरी
हनुमान नगर कङ्कालिनी नगरपालिका(१ स्थित पूर्वपश्चिम राजमार्गमा को।१ च ७९७१ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भई सडक किनारामा पल्टँदा ट्याक्टरमा सवार सुनसरी ईनरुवा नगरपालिका(३ बस्ने रमेश शर्माको ८ बर्षीय छोरा अविनाश शर्माको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मोरङ जहदा गाउँपालिका(७ तारीगामा बस्ने बिपिन साहको १५ महिनाकी छोरी एलिशा साह घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेकी छिन् ।
स्याङजा कालिगण्डकी गाउँपालिका ५ बेल्टारीस्थित कालीगण्डकी नदीको किनारमा सोमबार पाल्पा रिब्दिकोट गाँउपालिका ३ बस्ने १८ बर्षीय संगम कार्की मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका(११ एक्लेस्थित ईन्द्रावती नदीमा नुहाउने क्रममा त्रिपुरासुन्दरी गाँउपालिका(४ बस्ने १९ वर्षीय बिकाश श्रेष्ठ नदीमा डुबि बेपत्ता भएकाले खोजी गर्ने क्रममा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट राजपुर नगरपालिका(६ स्थित कुरिया खोलाको पुल नजिक जमेको पानीमा खेल्ने क्रममा सोमबार सोही ठाउँ बस्ने शेख मैजा आलमको ७ बर्षीया छोरी अनिजा खातुन र शेख फोसैदको ६ वर्षीया छोरी सोमैया खातुन समेत दुबै जनाको डुबेर मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया