उपचार गर्न गएका देउवा राजनीतिक भेटमा व्यस्त !
सारांश
- काठमाडौं, २५ साउन ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला उपचारको लागि सिंगापुरमा छन् ।
- देउवा स्वास्थ्य उपचारका लागि अस्ती बुधबार सिंगापुर प्रस्थान गरेका हुन् ।
काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला उपचारको लागि सिंगापुरमा छन् । देउवा स्वास्थ्य उपचारका लागि अस्ती बुधबार सिंगापुर प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी डा आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी थिईन् ।
देउवा पेटको उपचार गर्न सिंगापुर गएका हुन् । उनको सिंगापुर बसाइ कति हुने भन्ने टुंगो लागेको छैन । त्यो उपचारको समयले निर्धारण गर्ने बताइएको छ । स्रोतको अनुसार उनको उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतामा हुने भनिएको छ ।
सिंगापुरमा उपचारको क्रममा देउवाले राजनीतिक भेटवार्तापनि गरिरहेको स्रोतको दाबी छ । खासगरी भारतीय नेताहरुसँग देउवाले राजनीतिक भेटवार्ता गरिरहेको स्रोतको दाबी छ ।यसअघि उपचारमा सिंगापुर गएका नेपाली नेताहरुले पनि भारतीय नेताहरुसँग गोप्य भेटवार्ता गरेका समाचारहरु बाहिर आएका थिए ।
Padam Bista
Giyastrik bho hola
Gyanu Khawash
tesko mareko baulai bheteni kehi khulkyauna saktainan dalalharule
Tanka Giri
भनेर भन्देखिलाइ उपचार त के भन्देखिलाइ एउटा बाहाना मात्र हो भन्देखिलाइ