सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

सारांश

  •  मोहनविक्रम सिंह राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न सक्दछ, अहिले देशमा बढिरहेको करवृद्धि सङ्घीयताको परिणाम हो ।
  • पहिले देशमा सामान्य प्रशासकीय खर्च चलाउन पनि सरकारलाई गाह्रो पर्दथ्यो ।
  • तर अब सङ्घीय व्यवस्था अन्तर्गत थुप्रै प्रदेशहरू बनेका छन् ।
 मोहनविक्रम सिंह
राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न सक्दछ, अहिले देशमा बढिरहेको करवृद्धि सङ्घीयताको परिणाम हो । पहिले देशमा सामान्य प्रशासकीय खर्च चलाउन पनि सरकारलाई गाह्रो पर्दथ्यो । तर अब सङ्घीय व्यवस्था अन्तर्गत थुप्रै प्रदेशहरू बनेका छन् । ती प्रदेशहरू एक्लै आएका छैनन् । तिनीहरूले आफ्नो स्वार्थ, मन्त्री मण्डल, संसद, राजधानी, प्रशासन आदिका खर्चहरू पनि सँगै लिएर आएका छन् । ती प्रदेशहरूको खर्च पुरा गर्न करवृद्धि अनिवार्य हुन जान्छ । बढेको कर सङ्घीयताको अनिवार्य परिणाम हो । कर कम गर्नका लागि अर्को कुनै उपाय छैन : सङ्घीयता खारेज हुनुपर्दछ ।
प्रश्न करवृद्धिको मात्र होइन, सङ्घीयताको अर्को गम्भीर परिणाम यो पनि हुने गरेको छ– त्यसले विकासलाई कुण्ठित गर्दछ । सङ्घीयताको बढेको खर्च पुरा गर्न नै पैसा कम हुन्छ । त्यसैले विकास खर्चमा ठुलो कटौती भएको छ । त्यो पनि सङ्घीयताको नै परिणाम हो । बढेको खर्च चलाउन विदेशबाट ठुलो मात्रामा ऋण लिनु पर्दछ । त्यसरी देशको विदेशमाथिको निर्भरता बढेर जान्छ । त्यसको परिणामस्वरूप देशको राष्ट्रियता कमजोर हुँदै जान्छ । अन्य देशहरूमाथिको आर्थिक निर्भरता बढ्दै गएपछि राष्ट्रियतामाथिको खतरा बढ्दै जान्छ । कुनै देशमा विदेशी सरकार वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको आर्थिक निर्भरता बढेपछि उनीहरूले आफ्ना शर्तहरू पनि बढाउँदै लैजान्छन् । त्यसरी सङ्घीयताको परिणामस्वरूप प्रथम, करमा वृद्धि हुन्छ, द्वितीय, विकास कुण्ठित हुन्छ र तृतीय, देशको स्वाधीनतामा आँच पुग्दछ । त्यसरी यो कुरामा कुनै शङ्का रहन्न कि सङ्घीयता देशका लागि सम्पूर्ण रूपले अनावश्यक र अवाञ्छित छ ।
हामीले सुरुदेखि नै भन्दै आएका छौँ : सङ्घीयताबाट देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विग्रहको स्थिति उत्पन्न हुन्छ । अहिलेसम्म हुँदै पनि गइरहेको छ । नेपालमा मिलेर बसेका जात, जातिहरूमा विग्रहको स्थिति उत्पन्न भएको छ । मधेशवादीहरूले तराईमा पहाड विरोधी, वैमनस्यता बढाउँदै लागिरहेका छन् । त्यसबाट देशमा बढिरहेको क्षेत्रीयतावादमा कुनै शङ्का रहन्न । देशमा पृथकतावादी प्रवृत्तिहरू पनि बढ्दै गइरहेका छन् । कैयौँ पक्षले देशलाई टुक्राउन योजनाबद्ध प्रकारले काम गरिरहेका छन् । त्यसरी सङ्घीयताका कारणले देशमा समग्र रूपमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न भएको छ ।
सङ्घीयताको विरोध गर्नुको अर्थ नेपालमा पहिलेको एकात्मक प्रणालीलाई कायम राख्नु पर्दछ भन्ने होइन । हाम्रो देशमा विद्यमान एकात्मक प्रणाली सामन्ती, केन्द्रीकृत र नोकरशाही प्रकारको थियो । त्यो देश र जनताका हितमा थिएन । त्यसको अन्त गर्नु आवश्यक थियो । तर त्यसको विकल्प सङ्घीयता थिएन र होइन । त्यसका ठाउँमा विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीलाई कायम गर्नु ऐतिहासिक राष्ट्रियता आवश्यकता थियो । तर पहिलेको एकात्मक प्रणालीलाई परिष्कृत रूपमा कायम गर्नुको सट्टा सङ्घीयतालाई कायम गरियो । त्यही गम्भीर गल्ती भयो ।
नेपालको संविधानमा स्थानीय तहको व्यवस्था गरिएको छ । त्यो सकारात्मक र स्वागतयोग्य कुरा हो । तर त्यो पर्याप्त छैन । त्यसमा अरू सुधारको आवश्यकता छ । स्थानीय तहको अधिकारमा वृद्धि गर्नु पर्ने आवश्यकता छ । स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारको रूपमा मान्यता दिनु पर्दछ । स्थानीय तहमाथि सरकारको प्रशासनले कुनै पनि हस्तक्षेपका विरुद्ध अदालतमा मुद्दा लाग्ने संवैधानिक व्यवस्था हुनुपर्दछ । स्थानीय तहलाई संवैधानिक रूपले नै अधिकार सम्पन्न र सुदृढ पार्नु पर्ने आवश्यकता छ । तर उनीहरूको अधिकारलाई अरू कटौती गर्ने कार्य भइरहेको छ । उनीहरूको अधिकारलाई कटौती गर्ने, प्रशासनले हस्तक्षेप गर्ने र बजेटमा कटौती गर्ने काम भइहेको छ । केन्द्रीय सरकार वा प्रदेश सरकारले स्थानीय तहमा हस्तक्षेप बढाउँदै लगिरहेका छन् । त्यसबाट स्थानीय स्वायत्त शासन कमजोर हुने सम्भावना बढ्दै गइरहेको छ ।
सङ्घीयता वा त्यसको प्रादेशिक संरचनाको कारणले पनि स्थानीय तहमा प्रतिकूल असर पर्ने गरेको छ । प्रादेशिक संरचनाका लागि सरकारले अत्यधिक व्यय गर्नु परेको छ । त्यसका दुई वटा परिणाम भएका छन्– प्रथम, उनीहरूलाई प्राप्त हुने स्थानीय तहको बजेटमा अत्यन्त कमी भएको छ । द्वितीय, केन्द्रले दिने बजेटमा कमी आएकाले स्थानीय तह बढी कर लगाउन बाध्य हुनु परेको छ । त्यसरी अहिले स्थानीय तहले जुन कर लगाउँदै गइरहेका छन्, त्यो सङ्घीयता र त्यसको प्रादेशिक संरचनाका कारणले पैदा गरेको बाध्यात्मक स्थितिको परिणाम हो । प्रादेशिक संरचना नभएको भए त्यसमा लाग्ने ठुलो खर्च स्थानीय तहमा जान सक्दथ्यो र त्यहाँ बढी कर लगाउनु पर्ने आवश्यकता हुने थिएन । बढी कर नलगाएपछि स्थानीय तहमा विकासमा बढी बजेट खर्च हुन सक्ने थियो । त्यसैले स्थानीय तहको विकासको लागि पनि प्रादेशिक संरचनाको खारेजी निर्णयात्मक आवश्यकता हो ।
प्रजा परिषद् नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी थियो । प्रजा परिषद, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी समेत कुनै राजनीतिक दलले आफ्नो लामो इतिहासमा कहिल्यै पनि सङ्घीयताको माग ल्याएका थिएनन् । मधेशवादीहरूले मात्र सङ्घीयताको माग उठाएका हुन् । पहिलो कुरा ता मधेशवादी सङ्गठनहरू भारतीय ‘ग्राइन्ड डिजाइन’ अनुसार बनेका हुन् । तिनीहरूलाई सङ्गठित गर्नुको पछाडिको भारतको उद्देश्य नेपालमा आफ्नो विस्तारवादी नीतिको कार्यान्वयनका लागि आधार तयार पार्नु थियो । भारतीय विस्तारवादको योजना अनुसार नै मधेशवादीहरूले नेपालमा सङ्घीयताको माग अगाडि ल्याएका हुन् । त्यसपछि भारतीय शासक वर्गको दबाबमा नेपाली काङ्ग्रेस, एमाले र माओवादीहरूले सङ्घीयतालाई स्वीकार गरेका हुन् । सङ्घीयतालाई स्वीकार गर्ने बेलामा उनीहरूले कुनै गृहकार्य नै गरेनन् । उनीहरूको अदूरदर्शिताको परिणाम अहिले देशले भोग्नु परिरहेको छ । सङ्घीयताले देशलाई झन्‌पछि झन् बर्बाद पार्दै लैजाने कुरा निश्चित छ । त्यसको परिणामस्वरूप नेपालमा जनतामाथि ठुलो पैमानामा कर मात्र लाग्ने छैन, त्यसका अरू कैयौँ दुष्परिणामहरू हुनेछन् र त्यसको परिणामस्वरूप अन्तमा एउटा स्वतन्त्र राष्ट्रको रूपमा नेपालको अस्तित्व खतम हुने खतरा पनि छ । त्यो खतरालाई रोक्न सङ्घीयतालाई नै खारेज गर्न जनता व्यापक रूपले जाग्रित र सङ्गठित हुनु पर्ने आवश्यकता छ ।
जुन व्यवस्था देशका लागि यति धेरै हानिकारक छ, दीर्घकालीन रूपले नै नेपालका हितका विरुद्ध छ, त्यसलाई नेपालमा किन स्थापित गरियो ? यो प्रश्न प्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । यो पहिले नै स्पष्ट गरिएको छ, त्यो व्यवस्था नेपालका राजनीतिक पार्टी वा जनताको मागद्वारा आएको होइन । विदशी शक्तिहरूबाट नेपालमा ल्याइएको हो । त्यसका पछाडि उनीहरूको स्पष्ट उद्देश्य हो ः नेपालमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना गर्नु । भारतीय विस्तारवादको अन्तिम उद्देश्य यो हो– नेपाललाई भारतमा मिलाउने । जुन उद्देश्यले सङ्घीयतालाई नेपालमा पैठारी गरिएको हो, त्यसको परिणाम त्यही भइरहेको छ । तर मुख्य प्रश्न विदेशी शक्तिहरूको होइन, मुख्य प्रश्न नेपालका राजनीतिक पार्टी वा सङ्गठनहरूको नै हो । उनीहरूको अवसरवादी चरित्र र अदूरदर्शिताका कारणले नै सङ्घीयताको नेपालमा पैठारी भएको हो । यो प्रश्न उठ्दछ कि सङ्घीयता नेपाल र नेपाली जनताको हितमा छैन भने नेपालका राजीतिक पार्टीहरूले त्यसलाई किन स्वीकार गरे ? किन अहिले पनि त्यसको वकालत गरिरहेका छन् र त्यसलाई जबर्जस्तीपूर्वक लागु गर्ने प्रयत्न गरिरहेका छन् ?
२०७५ साउन २९

(https://kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गेट टुगेदरको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै छन – सुर्य चन्द
गेट टुगेदरको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै छन – सुर्य चन्द
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित
कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
गर्भवतीले यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
गर्भवतीले यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।
महाशिवरात्रीमा पोखरामा गुन्जदै नमस्ते ब्याण्ड
महाशिवरात्रीमा पोखरामा गुन्जदै नमस्ते ब्याण्ड

तपाईंले छुटाउनुभयो कि?