अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
सारांश
- काठमाडाै, २७ साउन ।
- शनिबार बिहान नायिका आँचल शर्माले लेखेको एउटा स्टाटसले हंगामा मच्याएको छ ।
- आवश्यक भन्दा बढी कमेन्ट आएपछि आँचलले आफुले लेखेको स्टाटस हटाउन बाध्य भएकी छन् ।
काठमाडाै, २७ साउन । शनिबार बिहान नायिका आँचल शर्माले लेखेको एउटा स्टाटसले हंगामा मच्याएको छ । आवश्यक भन्दा बढी कमेन्ट आएपछि आँचलले आफुले लेखेको स्टाटस हटाउन बाध्य भएकी छन् । के लेखेकी थिइन् त आँचलले स्टाटस मा ?
‘रुदै रुदै लगानी गर्ने अनि कलाकारिता गर्ने देखेर हाँसो लाग्यो । सरी नट् सरी ।’ बिना ट्याग र कसैको पनि नाम मेन्सन नगरी आँचलले लेखेको यो स्टाटस क्षण भरमै भाइरल भयो । आँचलको यो व्यांग्य कसलाई थियो ? स्पष्ट छैन । तर धेरै कमेन्टकर्ताले भने आँचलको यो स्टाटस नायिका पूजा शर्माप्रति लक्षित भएको भन्दै कमेन्ट गरे ।
आँचलको स्टाटसमा पूजाका फ्यानले आँचललाई गालीको बर्षा दिए । यसपछि आँचलले बाध्य भएर आफ्नो स्टाटस डिलिट गर्न बाध्य भइन् । 
फिल्म ‘म यस्तो गीत गाउँछु’ पछि आँचल र पूजाबिच शितयुद्ध चलेको चर्चा छ । म यस्तो गीत गाउँछु मा आँचलका प्रेमी भनिएका पल शाह पूजाको प्रेमी भएर अभिनय गरेका छन् ।
प्रतिक्रिया