प्रदेशको नाम के, स्थायी राजधानी कहाँ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
प्रदेशको नाम के, स्थायी राजधानी कहाँ !

सारांश

  • काठमाडौं ।
  • संघीय चुनाव सकिएपछि सरकार सञ्चालन हुन थालेको एक वर्ष पुग्न लाग्यो ।
  • अझै प्रदेशको स्थायी राजधानी र नामको भने टुंगो लागेको छैन ।

काठमाडौं । संघीय चुनाव सकिएपछि सरकार सञ्चालन हुन थालेको एक वर्ष पुग्न लाग्यो । अझै प्रदेशको स्थायी राजधानी र नामको भने टुंगो लागेको छैन । प्रदेश नम्बर ३ को हेटौंडा अस्थायी राजधानी बसेको छ । तर, अझै स्थायी भनेर घोषणा भने गरिसकेको छैन ।

प्रदेश ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार तिहारको विदा सकिएको र छठ पर्व सकिएपछि विदा सकिने भएकाले त्यसपछि बस्ने प्रदेशसभा बैठकबाट नामकरण, स्थायी राजधानीको टुङ्गो लाग्ने छ ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी अध्ययनका लागि एक आयोग बनेको थियो । गठित आयोगले तयार पारेको प्रतिवेदन भने प्रदेश सरकारलाई बुझासकेको छ । प्रतिवेदन अध्ययन गरी अब छिट्टै टुंगो लगाइने सचिवालयले जनाएको छ ।

हेटौंडा नै प्रदेश राजधानी बनाउनुपर्ने हेटौंडाका राजनीतिक दलका नेता, कार्यकर्ताले माग गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ