लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण

सारांश

  • दाङ, २ फागुन ।
  • लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराही दाङले विद्यार्थीहरुका लागि स्वास्थ्यशिविर सञ्चालन गरेको छ ।
  • विद्यालयको आयोजना र रजत मेडिकल सेन्टर प्रालि सैनिक चोक घोराहीको सहयोगमा उक्त स्वास्थ्य परीक्षण गरिएको हो ।

दाङ, २ फागुन । लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराही दाङले विद्यार्थीहरुका लागि स्वास्थ्यशिविर सञ्चालन गरेको छ । विद्यालयको आयोजना र रजत मेडिकल सेन्टर प्रालि सैनिक चोक घोराहीको सहयोगमा उक्त स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस अवसरमा डाक्टर बिनिता श्रेष्ठ (डेन्टल सर्जन) तथा नारायण बस्नेत (सहायक असिस्टेन्ट) द्वारा दाँतको समस्या भएका करीब १ सय ३० जना विद्यार्थीहरुको दाँत परीक्षण गरिएको थियो । दाँत मानव शरीरको निकै महत्वपूर्ण अंग भएपनि नियमितरुपमा बाहिर देखिने समस्या नहुने भएकाले अधिकांश विद्यार्थीहरु समस्यामा हुने भएकाले बिद्यालयमै डाक्टर बोलाएर उपचार गर्नुपरेको बिद्यालयका प्राचार्य केशरमान बुढाथोकीले जानकारी दिए ।

विभिन्न समयमा विद्यार्थीहरुको स्वास्थ्य उपचार गर्दै आएको बिद्यालयले समय समयमा विभिन्न क्षेत्रका डाक्टरलाई बोलाएर स्वास्थ्य उपचार गर्दै आएको छ । यसपटक विद्यार्थीहरुको दाँत परीक्षण र उपचार गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?