भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
सारांश
- भक्तपुर २९ साउन – आज बिहानै भक्तपुरमा भेटिएको दुईवटा प्रेसर कुकर बम सुरक्षाकर्मीले निश्क्रिय पारेका छन् ।
- भक्तपुर सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमी लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।
- अहिले त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भक्तपुर २९ साउन – आज बिहानै भक्तपुरमा भेटिएको दुईवटा प्रेसर कुकर बम सुरक्षाकर्मीले निश्क्रिय पारेका छन् । भक्तपुर सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमी लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको हो । अहिले त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहानै शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तुरुन्तै प्रहरी र सेनाको टोली त्यहाँ पुगी बम निश्क्रिय पारेको थियो ।
भेटिएको शंकास्पद बस्तु प्रेसर कुकर बम रहेकाले निष्क्रिय पारेको भक्तपुर प्रहरीले जनाएको छ । कुकरलाई सुरक्षित रुपमा डिस्पोज गरिएको छ । बम कसले राखेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
आफ्ना नेता पक्राउको विरोधमा नेकपा नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको समुहले आज बन्द आह्वान गरेको छ । बन्द आह्वान गरेकाले नै कुकर बम राखेको हुनसक्ने आशंका गरिएको छ । उपत्यकामा बन्दको प्रभाव भने निकै कम रहेको प्रहरीले जनाएको छ ।
Lucky T Oli
DOG BOMB hahahhahha