प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।
- यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा.
काठमाडौं। प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। डा. खतिवडा यसअघि ओली सरकारमा अर्थमन्त्री थिए।
प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त रिमाल नेकपा एमालेका उपमहासचिव समेत हुन्।
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमालको यो चौथो नियुक्ति हो। व्यवस्थापनमा कुशल मानिएका रिमालले यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख सल्लाहकार पदमै रहेका थिए। पेशाले इन्जिनयर रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको पूर्व अध्यक्ष पनि हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया