जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०८१
|
|
३० पटक हेरिएको
Shares
जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी

सारांश

  • काठमाडौं।
  • जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो।

काठमाडौं। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो।

विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्‍याे। जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ चौका र  ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए। यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे।

तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे। विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्‍याे।  विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे। यसैगरी अकिब इल्यासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?