नुवाकोटकमा बस दुर्घटना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नुवाकोटकमा बस दुर्घटना

सारांश

  • नुवाकोट, ३० साउन ।
  • क्षमता भन्दा बढी यात्रु बोकेर नुवाकोटको वुङताङबाट त्रिशूली हुँदै काठमाडौं जाँदै गरेको बस ढुंगेचौतारामा बुधबार दुर्घटनाग्रस्त हुँदा ४७ यात्रु घाइते भएका छन् ।
  • घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ।

नुवाकोट, ३० साउन । क्षमता भन्दा बढी यात्रु बोकेर नुवाकोटको वुङताङबाट त्रिशूली हुँदै काठमाडौं जाँदै गरेको बस ढुंगेचौतारामा बुधबार दुर्घटनाग्रस्त हुँदा ४७ यात्रु घाइते भएका छन् ।घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। घाइतेहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । विदुर नगरपालिका–९ ढुंगेचौतारा लामाटारमा बुङताङबाट काठमाडौं जाँदै गरेको बा२ख २८०४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।

कोचाकोच यात्रुले भरिएको बसले मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ५० मिटर तल बस खसेको थियो । सो बसमा यात्रारत ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परेर गम्भीर सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । पाँचवटा एम्बुलेन्समा सातजना गम्भीर बिरामीलाई काठमाडौ पठाइएको हो । अन्य ४० जना घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बस दुर्घटनामा चालक नुवाकोट साल्मेका २९ वर्षीय ज्ञानबहादुर तामाङसहित बसका सबै घाइते भएका हुन् । दुर्घटनामा वीरवहादुर विक, पूर्ण लामा, होमबहादुर लामा, प्रेमसिंह लामा, छिरिङ तामाङ, विभामाया घले, घिसिङ तामाङलाई थप उपचारका लागि काठमाडौ पठाइएको कुवँरले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?