१० लाख बेरुजु देखिएपछि पेट्रोल झिकेर आगो लगाइदिएँ : प्रहरी हवल्दार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
१० लाख बेरुजु देखिएपछि पेट्रोल झिकेर आगो लगाइदिएँ : प्रहरी हवल्दार

सारांश

  • काठमाडौं, पुस १३ ।
  • आफ्नै मोटरसाइकलबाट २ लिटर पेट्रोल झिकेर सोमबार राति ११ बजे सशस्त्र मुख्यालयको लेखा स्टोरमा आगो लगाएको सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले स्वीकारेका छन् ।
  • सुरुमा नस्विकारे पनि प्रहरीले लामो केरकार गरेपछि उनले आगलागीको रहस्यबारे प्रहरीलाई बयान दिएका छन् ।

काठमाडौं, पुस १३ । आफ्नै मोटरसाइकलबाट २ लिटर पेट्रोल झिकेर सोमबार राति ११ बजे सशस्त्र मुख्यालयको लेखा स्टोरमा आगो लगाएको सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले स्वीकारेका छन् ।
सुरुमा नस्विकारे पनि प्रहरीले लामो केरकार गरेपछि उनले आगलागीको रहस्यबारे प्रहरीलाई बयान दिएका छन् ।

दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान ढुवानीमा भ्रष्टाचार भएको देखिएपछि छानबिन गरेको थियो । त्यतिखेर दोषी देखिएका एक प्रहरी निरीक्षक, दुई नायब निरीक्षक र एक हवल्दार निलम्बनमा परेका थिए ।

खरिद शाखामा रहेका श्रेष्ठको नाममा समेत करिब १० लाख रुपैयाँ बेरुजु देखिएपछि अख्तियारले डेढ महिनाअघि बयानमा डाकेको थियो । आफ्नै बयान बाझिएपछि अख्तियारले मुद्दा चलाउने तयारी गरिरहेको सुइँको पाएका उनले दुई लिटर पेट्रोल निकालेर लेखा स्टोरमा आगो लगाएको बताएका छन् ।

‘मेरो नाममा १० लाख रुपैयाँ बेरुजु निस्किएपछि कसरी तिर्ने भन्ने डर भयो, बयान दिन जाँदा पक्राउ पर्ने पनि उत्तिकै डर भएकाले कागजपत्र राखिएको स्टोर जलाइदिएको हुँ,’ उनको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

सशस्त्र प्रहरी मुख्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो तर उक्त समितिले ठोस निष्कर्ष बाहिर ल्याएको छैन । महानगरीय प्रहरी अपराध महाशाखाले हवल्दार श्रेष्ठलाई मंगलबार बिहान पक्राउ गरी स्वयम्भू प्रहरी वृत्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीको बार्सिलोना उपाधि नजिक
मेस्सीको बार्सिलोना उपाधि नजिक
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै
ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु