मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन् ५० मिनेट पूजा
सारांश
- अयोध्या।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुँदैछन्।
- यसअघि मोदीले १२ जनवरीदेखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन्।
अयोध्या। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुँदैछन्।
यसअघि मोदीले १२ जनवरीदेखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन्। प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन्। र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन्।
रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनवरी २२ मा अयोध्यामा प्रधानमन्त्री मोदीले के कार्यक्रम गर्ने? भन्ने बारे भारतीय सञ्चारमाध्यमलाइ जानकारी दिएका छन्।
स्वामी गुरुदेव गिरीजी महाराजले भने, ‘अयोध्याको राम मन्दिर पुगे पछि प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नुहाउन जानेछन्, त्यसपछि प्रधानमन्त्री मोदी पहिले उत्तरको ढोकाबाट जानेछन् र त्यसपछि पूर्वको ढोकाबाट प्रवेश गर्नेछन्, जहाँ मुख्य मन्दिरको प्रवेशद्वार हो, मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्रीले पहिले ट्रस्टीहरूसँग भेट गर्नेछन्। त्यसका लागि हामीले समाजका विभिन्न विशिष्ट व्यक्तिहरूलाई बोलाएका छौं।’
राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘मन्दिरमा प्रवेश गरेपछि मन्त्रद्वारा १० वटा विभिन्न किसिमका स्नान गर्नुपर्छ। १० पटक मन्त्रद्वारा पानी छर्किने छ। त्यसपछि प्रधानमन्त्रीलाई १० प्रकारका दान दिइनेछ।’
उनका अनुसार यसपछि प्रधानमन्त्री मोदी गर्भगृहमा प्रवेश गर्नेछन्। त्यसपछि प्रधानमन्त्री मोदीले करिब ४५ मिनेट गर्भ गृहमा पूजा गर्ने छन्। यो पुजा करिब १२ बजेर २० मिनेटमा सुरु भएर करिब ५० मिनेटसम्म चल्नेछ।
Time Wires Celebs
What i dont understood is in reality how youre now not really a lot more smartlyfavored than you might be now Youre very intelligent You understand therefore significantly in terms of this topic produced me personally believe it from a lot of numerous angles Its like women and men are not interested except it is one thing to accomplish with Woman gaga Your own stuffs outstanding Always care for it up