पर्यटकका रोजाइमा खुमै डाँडा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
पर्यटकका रोजाइमा खुमै डाँडा

सारांश

  • कास्की।
  • खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।
  • पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ ।

कास्की। खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ ।

स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे« गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए ।

यसैबीच कास्कीको माछापुच्छे« गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए। “केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ”, उनले भने, “पाहुना त आएका छन् । तर, उनीहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।”

बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए । “खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुप¥यो भन्ने निर्णय भएको छ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा मुद्दा दायर
१०७ वर्षीया महिलाले गरिन् मतदान
१०७ वर्षीया महिलाले गरिन् मतदान
सुनको मुल्यले सबै रेकर्ड तोड्यो
सुनको मुल्यले सबै रेकर्ड तोड्यो
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को  राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन
‘बसाइँ हिँड्नेको ताँतीले रित्तिँदै हिमाल र पहाड’
‘बसाइँ हिँड्नेको ताँतीले रित्तिँदै हिमाल र पहाड’

तपाईंले छुटाउनुभयो कि?