प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा

सारांश

  • काठमाडौं २७ कार्तिक !
  •   डिजिटल माध्यमबाट सेवा वितरण गर्नु प्राविधिक कर्मचारीको काम भन्दै पन्छने गरेका छन्, सहायक स्तरका कर्मचारी ।
  • कतिपय मन्त्रालय तथा कार्यालयमा आइसिटी इनB्जिनियर, कम्प्युटर प्राविधिक कार्यालयको चिठीपत्र टाइप गरी बसेकालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।

काठमाडौं २७ कार्तिक !  डिजिटल माध्यमबाट सेवा वितरण गर्नु प्राविधिक कर्मचारीको काम भन्दै पन्छने गरेका छन्, सहायक स्तरका कर्मचारी । कतिपय मन्त्रालय तथा कार्यालयमा आइसिटी इनB्जिनियर, कम्प्युटर प्राविधिक कार्यालयको चिठीपत्र टाइप गरी बसेकालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । जबकी नेपालका हरेक सहायक स्तर र अधिकृत स्तरका कर्मचारी डिजिटल दुनियाँको सामाजिक सञ्जाल (फेसबुक)लाई कुशलता साथ अपरेट गरिरहेको पाइन्छ । डिजिटल सामाजिक सञ्जाललाई अपडेट गर्नु र डिजिटल माध्यमबाट विषयगत सेवा वितरण गर्नुमा खासै भिन्नता छैन ।

डिजिटल माध्यमबाट सेवा वितरणलाई प्राथमिकतामा नराख्नु प्रशासकमा रहेको पन्छाउने प्रवृत्तिको द्योतक हो भन्दा अतिसयोक्ति नहोला । उदाहरणका लागि डिजिटल सामाजिक सञ्जालमा लग इन, विषयगत सफ्टवयमा लग इन, त्यहाँ पासवर्ड, सेवा सम्बन्धि सफ्टवेयमा पासवर्ड, सामाजिक सञ्जालमा स्टटस लेखन तथा फोटा अपलोड आदि, विषयगत सफ्टवयरमा कार्यसँग सम्बन्धित तथ्यांक प्रविष्ठी तथा आवश्यक डकुमेन्ट अपलोड, सामाजिक सञ्जालमा प्रकाशनका लागि पोष्ट, विषयगत सफ्टवेयरमा आवश्यकता अनुसार प्रिन्ट, सेन्ड, अपडेट आदि ।

यसरी हेर्दा कर्मचारीले काला, नीला, राता रंगका मसी भरिएका कलम औलामा चलाउन छाडी ती औलालाई किबोर्डमा अभ्यस्त गराउँदा सार्वजनिक व्यवस्थापनमा देखापरेको नयाँ आयामलाई हामीले कुशलतापूर्वक कार्यान्वयन गर्न सक्छौं । प्रशासकले यसो गर्दा जवाफदेहिता मूर्तरूपमा नै ग्राहकका रूपमा रहेका नागरिकले तोकिएको मिति र समयमा सार्वजनिक प्रशासनमा भनिँदै आएको सुशासन भन्ने तृष्णारूपी चरोलाई महसुस हुने गरी एक हदसम्म प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?