गाडी चढ्दा वाक्वाकी आउँछ ? यसो गर्नुस

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
७१८ पटक हेरिएको
Shares
गाडी चढ्दा वाक्वाकी आउँछ ? यसो गर्नुस

सारांश

  • गाडी चढ्दा वाक्वाकी आउने समस्या धेरैलाई हुन्छ ।
  • विशेषगरी धेरै घुम्तिहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढि हुन्छ ।
  • यदि तपाईं पनि यो समस्याबाट पिडित हुनुहुन्छ भने यी विधिहरुले तपाईंलाई राहत दिन सक्छन् – गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस ।

गाडी चढ्दा वाक्वाकी आउने समस्या धेरैलाई हुन्छ । विशेषगरी धेरै घुम्तिहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढि हुन्छ । यदि तपाईं पनि यो समस्याबाट पिडित हुनुहुन्छ भने यी विधिहरुले तपाईंलाई राहत दिन सक्छन्

– गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ ।

– यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । अमिलो-पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।

– यदि कारमा यात्रा गरिरहनु भएको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन ।

– आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।

– गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।

– गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु । गाडीभित्र हावा पस्न दिनुस ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?