प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना

सारांश

  • जनकपुर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का लागि मेडिकल कलेज, हुलाकी सडक, मल कारखाना, घर निर्माण लगायतका योजना भएको बताएका छन् ।
  • जनकपुरमा प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको बताए ।

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का लागि मेडिकल कलेज, हुलाकी सडक, मल कारखाना, घर निर्माण लगायतका योजना भएको बताएका छन् ।

जनकपुरमा प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको बताए ।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा आठ हजार घर निर्माण गर्नेलगायतका योजना सुनाए ।

प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार व्यक्त गरे ।

प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने उल्लेख गरे । तराईमा मल कारखाना खोल्ने पनि जानकारी गराए ।

विकासका लागि ठूला योजनाहरु बनाउनैपर्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?