पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ

सारांश

  • काठमाडौं, २ भदौ ।
  • क्रिकेटबाट विश्वविजेता पूर्व क्रिकेट कप्तान इमरान खानले आज पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिएका छन् ।
  • उनी शुक्रवार प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

काठमाडौं, २ भदौ । क्रिकेटबाट विश्वविजेता पूर्व क्रिकेट कप्तान इमरान खानले आज पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी शुक्रवार प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

पाकिस्तान तेहरिक–ए–इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका हुन् । ६५ वर्षीय खानको शपथ समारोहमा प्रधानमन्त्री पत्नी बुश्र, राजनीतिज्ञ तथा सैनिक उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय सभाका प्रवक्ता असद क्वाइसरले मत गणनापछि प्रधानमन्त्रीको नाम घोषणा गरेका हुन् । राष्ट्रिय सभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए ।

नवनिर्वाचित प्रधानमन्त्री इमरानको पार्टी पीटिआईले जुलाईमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो । आफै पार्टी स्थापना गरेको दुई दशकपछि साना पार्टीहरुको सहयोगमा सन् १९९२ को विश्वकप क्रिकेट विजेता इमरान खान प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’
हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
कार्यशैली सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी
कार्यशैली सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’