सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली

सारांश

  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।
  • पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उहाँले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताउनुभयो ।
  • वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज यहाँ उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यम जनताको भावनाको प्रतिनिधित्व गर्ने साधन भएकाले यसले प्रस्तुत गर्ने विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उहाँले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताउनुभयो ।

वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज यहाँ उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यम जनताको भावनाको प्रतिनिधित्व गर्ने साधन भएकाले यसले प्रस्तुत गर्ने विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा सञ्चारसम्बन्धी अनेकन बहस तथा पक्ष र विपक्षमा बहस चुलिनु चुनौतीको विषय हो भन्दै उहाँले उठेका सवाललाई सामूहिक छलफलका माध्यमबाट समाधान निकालिनुपर्नेमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल राजनीतिक सङ्क्रमण पार गरी आर्थिक समृद्धिको दिशामा अघि बढेको सन्दर्भमा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

लगानीकर्ताको स्वार्थबाट सम्पादकीय स्वतन्त्रता कसरी जोगाउने, विषयवस्तुमा विश्वसनीयता, निष्पक्षता र व्यावसायिकता अहिलेको चुनौतीको विषय बनेको उल्लेख गर्दै उहाँले संविधानले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रातालाई व्यावसायिकतासँग जोडर अघि बढ्न सके मात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्नुभयो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उहाँको भनाइ छ ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमिल्सिनाले मिडियाको व्यावसायिकता अभिवृद्धि गर्ने अहिले उपयुक्त समय रहेको उल्लेख गर्दै संसद्मा रहेको मिडिया काउन्सिल विधेयकलाई सरोकारवालासँग छलफल गरेर पारित गरिनुपर्नेमा जोड दिनुभयो ।

पब्लिक रिलेशन काउन्सिल अफ इण्डिया (इमिरेट चिफ) एमबी जयरामले दक्षिण एशियाली मुलुकका मिडियाले भोगेका विद्यमान समस्याको छलफल गरी सामूहिक समाधन खोज्न तथा अन्तरदेशीय सञ्चार सीप, क्षमता र ज्ञान अभिवृद्धि गर्न काउन्सिल नेपाल च्याप्टरले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा मिडिया क्षेत्रका समसामयिक समस्याबारे जानकारी गराउनुभएको थियो ।

काउन्सिल नेपाल च्याप्टरका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया क्षेत्रका साझा समस्याको छलफल गरी आगामी रणनीति बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काउन्सिलले दक्षिण एशियाली मुलुकका साझा चुनौतीका रुपमा रहेका आर्थिक, सामाजिक, राजनीतिक, सम्पादकीय स्वतन्त्रताको प्रत्याभूतिका लागि सामूहिक पहलकदमी गर्ने बताइएको छ ।

एक दिवसीय एशिया सम्मेलनमा दक्षिण एशियाली मुलुकमा सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पी खरेलले विशेष प्रस्तुति गर्नुहुनेछ भने पत्रकारहरु प्रतीक प्रधान, तीर्थ कोइराला, धमेन्द्र झा, प्रकाश रिमाल, जगदीश पोखरेल लगायतले मिडियासम्बन्धी प्रस्तुति दिनुहुनेछ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धितर्फ दोधारा–चाँदनी
समृद्धितर्फ दोधारा–चाँदनी
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
आज ५ सय ०२ जना कोरोना संक्रमित थपिए
आज ५ सय ०२ जना कोरोना संक्रमित थपिए
आय आर्जनका लागि महिलाहरुलाई सिपमुलक तालिम
आय आर्जनका लागि महिलाहरुलाई सिपमुलक तालिम
नेकपा समाजवादी पार्टीको जिल्ला अधिवेशन स्थगित
नेकपा समाजवादी पार्टीको जिल्ला अधिवेशन स्थगित
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !
US Ambassador calls on Speaker Mahara , discussions about the bilateral friendship and mutual cooperation  !
US Ambassador calls on Speaker Mahara , discussions about the bilateral friendship and mutual cooperation !

तपाईंले छुटाउनुभयो कि?