बम फाल्ने रानालाई प्रहरी प्रधान कार्यलयमा ५१ हजारसहित सम्मान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बम फाल्ने रानालाई प्रहरी प्रधान कार्यलयमा ५१ हजारसहित सम्मान

सारांश

  • काठमाडौं ।
  • निर्वाचनका वेला बम समातेर सर्वसाधारणलाई जोगाएका पुर्व प्रहरी हवल्दार दुर्गाबहादुर राना सम्मानित भएका छन् ।
  • रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा फ्याकिएको बम समातेर सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए।

काठमाडौं । निर्वाचनका वेला बम समातेर सर्वसाधारणलाई जोगाएका पुर्व प्रहरी हवल्दार दुर्गाबहादुर राना सम्मानित भएका छन् । रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा फ्याकिएको बम समातेर सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको उपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाईको वावजुद पनि नेपाल प्रहरी संगठन र यसमा आवद्ध कर्मचारीहरुप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सह्रानीय रहेको चर्चा गर्दै उक्त मञ्चप्रति संगठनकोतर्फबाट धन्यवाद व्यक्त गरे । प्रहरी सहायक निरीक्षक रानाको साहसले नेपाल प्रहरीका सदस्यहरुको विरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले यसले देश, विदेशमा रहेका नेपालीहरु माझ प्रहरी संगठनको पहिचान र लोकप्रियतालाई नयाँ उचाईमा पुर्याएको बताए ।

समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रर्दशन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाई प्रहरी कर्मचारीहरुको मात्र नभई पूर्व प्रहरी कर्मचारीहरुलाई समेत गौरवान्वित बनाएको चर्चा गरे । स्थानीय तह निर्वाचनको क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासिय बिद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर बिष्फोट भई निष्क्रिय भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?