ताप्लेजुङमा १७ वर्षीया किशोरी बलात्कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • बीराटनगर ६ भदौ ।
  • प्रदेश १ को ताप्लेजुङमा बलात्कारको  फेरी अर्को घटना सार्वजनिक भएको छ ।
  • मैवाखोला गाउँपालिकामा एक किशोरीलाई भदौ ४ गते दुईजनाले बलात्कार गरेका हुन् ।

बीराटनगर ६ भदौ । प्रदेश १ को ताप्लेजुङमा बलात्कारको  फेरी अर्को घटना सार्वजनिक भएको छ । मैवाखोला गाउँपालिकामा एक किशोरीलाई भदौ ४ गते दुईजनाले बलात्कार गरेका हुन् ।

किशोरीलाई घर नजिकको कोदोबारीमा बलात्कार गरेको घटना सार्वजनिक भएको हो । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा त्यही गाउँपालिका–५ का अन्दाजी  २३ वर्षीय कमल लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको छ भने अर्का आरोपित २० वर्षीय सुनम थोप्रा फरार रहेका छन् । पीडितका बाबुले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा एकजना आरोपितलाई पक्राउ गरिएको बस्नेतले बताए ।

फरार अभियुक्तको खोजी भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dhruba Rayamajhi

    यो आइडि केपी आफ्नो हो या कसैले चलाएको

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?