छाेरीकाे बालविवाह हुनबाट राेकेकी यी अामा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
छाेरीकाे बालविवाह हुनबाट राेकेकी यी अामा !

सारांश

  • जाजरकोट, १५ भदौ ।
  • स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् ।
  • शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए ।

जाजरकोट, १५ भदौ । स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए । छोरीले यही भदौ १२ गते बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले सोही वडाका वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकाइएको हो ।घरायसी सामान खरिदका लागि थलह बजार पुगेकी राधिका रोकाय कोहलपुरका प्रेम बुढासँग भागेर विवाह गरेकी हुन् ।

निवेदन दिएलगत्तै वडाध्यक्ष गोपाल नेपाली, वडा बाल संरक्षण समिति, प्रहरीको सक्रियतामा सो विवाह रद्द गराइ आफन्तको जिम्मा लगाइएको थियो । विवाहित राधिकाले पनि गल्ती गरेको भन्दै बालविवाह रोक्ने अभियानमा आफू पनि लाग्ने बताइन् । यसअघि जिल्लामा एक दर्जन यस्तै खालका बालविवाह रोकिएका थिए । कानूनले दण्डनीय मानेको बालविवाह गर्ने र गराउनेलाई कुनै पनि हालतमा कानूनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । हालै मात्र भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त संहिता विपरीत भएको विवाह स्वतः बदर र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना तोकिएको छ ।

उक्त नगरपालिकाको ०७४ भदौ ५ को निर्णयअनुसार उक्त वडालाई बालविवाह मुक्त वडा घोषणाका लागि विभिन्न पहल भइरहेको छ । यसै क्षेत्रमा बाल संरक्षण तथा बालविवाह न्यूनीकरणका लागि सेभ द चिल्ड्र्न र पाँचतारा युवा संरक्षक मञ्चले पनि एकीकृत परियोजनामार्फत लामो समयदेखि काम गर्दै आएका छन् । केही समयअघि मात्र त्यहाँको अभिभावक, बालबालिका, सरोकारवाला निकायले बालविवाह नगर्न र नगराउन सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा एकको मृत्यु !
सवारी दुर्घटनामा एकको मृत्यु !
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
दुई हजार हेक्टरमा डढेलो, धुवाँले आँखा पोल्ने समस्या
दुई हजार हेक्टरमा डढेलो, धुवाँले आँखा पोल्ने समस्या
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
राउतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

तपाईंले छुटाउनुभयो कि?