डाबोसबाट प्रधानमन्त्री ओली फर्किए, गोविन्द केसीको नामै लिन चाहेनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
डाबोसबाट प्रधानमन्त्री ओली फर्किए, गोविन्द केसीको नामै लिन चाहेनन्

सारांश

  • काठमाण्डौ ।
  • विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किएका छन् ।
  • स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेका छन् ।

काठमाण्डौ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किएका छन् । स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेका छन् ।

प्त्रकारहरुसँग कुरा गर्ने क्रममा ओलीले भ्रमणका बारेमा जानकारी दिए । पत्रकाहरुले चिकित्सा शिक्षा विधेयकमा भएको विवादबारे प्रश्न गर्दा भने कुनै जवाफ दिएनन् । घुमाउरो भाषामा ओलीले सबै कुरा नबुझी केही पनि नबोल्ने बताए ।

विधेयक पारित भएको तर डा. गोविन्द केसीको अनसन जारी रहेको बारे ओलीले बोल्न चाहेनन् । उनले केसीलाई लक्षित गर्दै सबैले संसदीय प्रक्रिया, विधि र नियम मान्नुपर्ने बताएका थिए ।

स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भएका थिए । विश्व आर्थिक मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको बताइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व आर्थिक मञ्चको ४९औं बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताए । डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको लक्ष्य बारे छलफल गरेको जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
संघर्ष र आलोचनापछिको मिलन भएकाले ओली र प्रचण्डको सम्बन्ध अब कहिल्यै विग्रदैन : पुन
संघर्ष र आलोचनापछिको मिलन भएकाले ओली र प्रचण्डको सम्बन्ध अब कहिल्यै विग्रदैन : पुन
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
लिबियामा आँधीका कारण पाँच हजारभन्दा बढीको मृत्यु, नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?
लिबियामा आँधीका कारण पाँच हजारभन्दा बढीको मृत्यु, नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
दार्चुलामा १३ प्रतिशत मत बदर
दार्चुलामा १३ प्रतिशत मत बदर
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने

तपाईंले छुटाउनुभयो कि?