बम विस्फोटमा आठजना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
बम विस्फोटमा आठजना घाइते

सारांश

  • कपिलवस्तु, ४ असार ।
  • बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हँुदा आठजना घाइते भएका छन् ।
  • बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो ।

कपिलवस्तु, ४ असार । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हँुदा आठजना घाइते भएका छन् ।

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षीक राजु कार्कीले जानकारी दिनुभयो । दुवै जनालाई उपचारका लागि बुटवल अस्पताल पठाइएको छ ।

अन्य घाइतेमा बाणगङ्गा–५ का बेझे थारू, विजय थारू, कमलेशप्रसाद लोनिया, बाणगङ्गा–९ का रुपलाल गुरुङ, उनकी श्रीमती सुशीला गुरुङ र सात महिनाकी छोरी मिनाक्षी रहेका छन् । बम कसले विस्फोट गराएको भन्ने बारेमा यकिन हुन सकेको छैन । नेकपा (एमाले)ले मनोनयन दर्ता गरेर फर्किएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुतm गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा सो बम विस्फोट भएको हो ।

विस्फोट विप्लव माओवादीले गराएको आशंका गरिएको छ । रातो टालोसहितको साइकललाई एक अपरिचित व्यक्तिले भीड नजिकै छाडेर गएको केही क्षणमै विस्फोट भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
प्यूठान दुर्घटनामा आठको मृत्यु, सातजनाको सनाखत
प्यूठान दुर्घटनामा आठको मृत्यु, सातजनाको सनाखत
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
३ दिनसम्म मौसम कस्तो होला ?
३ दिनसम्म मौसम कस्तो होला ?
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित
भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?

तपाईंले छुटाउनुभयो कि?