आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
४८ पटक हेरिएको
Shares
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति बिद्यादेवी भण्डारीको सात बर्षे लामो कार्यकाल आइतबार रातिबाट सकिएको छ।
  • कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन्।

काठमाडौं। राष्ट्रपति बिद्यादेवी भण्डारीको सात बर्षे लामो कार्यकाल आइतबार रातिबाट सकिएको छ। कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन्।

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोर्‍याएर निर्वाचित भएकी थिइन्। पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्।

दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।

उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो र एक्ली नेपाली महिला पनि हुन्। सात वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन्, तत्कालीन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन्।

उनै राष्ट्रपति भण्डारी आफनो सात बर्षे लामाे कार्यकाल सकेर साेमबार, शितलनिवासवाट बिदा हुँदैछिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
Will be Mail Buy Spouse Legalities Working For Me personally?
आसिया बीबीको मृत्युदण्ड रद्द भएपछि हंगामा
आसिया बीबीको मृत्युदण्ड रद्द भएपछि हंगामा
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !