सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)

सारांश

  • नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आउन झन्डै डेढ महिना बाँकी छ ।
  • तर नेपाली सांगीतिक बजार भने तीजमय बनेको छ ।
  • दैनिक रुपमा युट्युबमार्फत दर्जनकै हाराहारीमा गीत सार्वजनिक भईरहेका छन् ।

नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आउन झन्डै डेढ महिना बाँकी छ । तर नेपाली सांगीतिक बजार भने तीजमय बनेको छ । दैनिक रुपमा युट्युबमार्फत दर्जनकै हाराहारीमा गीत सार्वजनिक भईरहेका छन् । यसैक्रममा गायक एवंम सञ्चारकर्मी कृष्ण सुवेदीको तीज गीत बोत्तल ठडाउनी सार्वजनिक भएको छ । गायनमा कृष्ण सुवेदीलाई गायिका गंगा परियारले साथ दिएकी छिन । लय तथा शब्द सिर्जना भने सुवेदीकै छ ।

 

तीजमा श्रीमनको सुस्वास्थ्य र दिर्घायुको लागी श्रीमतीहरु ब्रत बस्ने तर श्रीमान भने रक्सी पिउने यर्थाथलाई व्यंगयात्म तरिकाले यस गीतमा प्रस्तुत गरिएको छ ।

 

पोखरामै छायांकन गरेको भिडियोलाई प्रेम थापाले निर्देशन गरेका हुन् । पोखरेली धुर्मस र पवित्रा सुवेदीले अभिनय गरेका छन् । मनोज चौहान मगरले खिचेको दृश्यहरुलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?