यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
सारांश
- काठमाडौँ, २१ भदौ ।
- काठमाडौँको परिवेशमा बनेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
- पेमा ढोन्डुपको निर्देशन तथा नकिम उद्दिनको निर्माण रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौँ’मा केही अन्तर्राष्ट्रिय कलाकारले अभिनय गरे पनि अधिकाशं नेपाली कलाकारको बाहुल्यता रहेको छ ।
काठमाडौँ, २१ भदौ । काठमाडौँको परिवेशमा बनेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’को ट्रेलर सार्वजनिक गरिएको छ । पेमा ढोन्डुपको निर्देशन तथा नकिम उद्दिनको निर्माण रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौँ’मा केही अन्तर्राष्ट्रिय कलाकारले अभिनय गरे पनि अधिकाशं नेपाली कलाकारको बाहुल्यता रहेको छ ।

फिल्ममा कर्मा शाक्य, आना शर्मा, निर शाह, मिथिला शर्मा लगाएतका नेपाली कलाकारको अभिनय छ भने भारतका वरिष्ठ सिनेकर्मी गुलसन ग्रोवर र हलिउड कलाकार जोएस म्यानुअल पनि मुख्य भूमिकामा देखिएका छन् ।

फिल्मले आतंकवाद सम्बन्धि अन्तर्राष्ट्रिय मुद्दा उठाएको छ । इस्लामिक स्टेट(आइएस)ले विभिन्न देशमा गरेको सैनिक भर्ना अभियानलाई निरुत्साहित गर्न यो फिल्मले महत्वपूर्ण भूमिका खेल्ने निर्माण पक्षको दावि छ । समग्रमा कलाकार तथा कथापरिवेश नेपालको भएरपनि फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको उनीहरु बताउँछन् ।
नेपालीमाः
https://www.youtube.com/watch?v=0R1Me63gwQY
अंग्रेजीमाः
https://www.youtube.com/watch?v=Wd1AYY3Heho
प्रतिक्रिया